नेपाली बजारमा आज सुनको भाउ ८ सय रूपैयाँले घटेकाे छ। बिहीबार १ लाख १३ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार २ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य १५ रूपैयाँले घटेकाे छ। बिहीबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ८० रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया