नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले राजनीति सधैँ चुनौतीबाटै अघि बढ्ने बताएकी छन्। कांग्रेस चुनौतीमा रहेको भनेर चिन्ता गर्नेहरूलाई जवाफ दिँदै उनले द्वापर युगदेखि राजनीतिमा चुनौती नै रहेको भन्दै कलियुगमा राजनीति थप चुनौतीपूर्ण रहेको बताइन्।
“राजनीति भनेकै असहज स्थिति हो। द्वापर युगदेखि कहिले पनि राजनीति सहज छैन,” राणाले भनिन्, “अहिले कलियुगमा पनि राजनीति गर्न असहज हुन्छ भनेर डराएर बस्नेहरू मैदान छोडेर जानुपर्यो।” उनले राजनीति गर्छु भनेर आएकाहरूले मुद्दामा सहमत/असहमत जे भए पनि पार्टीको सिद्धान्त बोकेर अघि बढ्नुपर्ने बताइन्। “सहमत/असहमत जे भए पनि अघि बढ्नुपर्यो । पार्टीको प्रिन्सिपलको पछाडि लाग्नुपर्यो। अनि मात्रै राजनीति हुन्छ,” आरजुले भनिन्।































प्रतिक्रिया