अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनसँग अध्यक्ष ढकालले मागे अर्थतन्त्रको सुधारका लागि सहयोग

अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनसँग अध्यक्ष ढकालले मागे अर्थतन्त्रको सुधारका लागि सहयोग

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल मिसन टोलीबीच शुक्रबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । 

उक्त भेटवार्तामा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताएका छन् । बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसंग आग्रह गरिरहेको बताउँदै उनले यसमा अन्तरराष्टिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताए। 

बजारमा उद्यमी व्यवसायीहरु र उपभोक्ता दुवैको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्वपूर्ण बिषय रहेकोमा अध्यक्ष ढकालले जोड दिए ।  

सो अवसरमा कोषको मिसन टोली प्रमुख टिएडन टिन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आवश्यक भएकोले आफू महासंघ आएको बताएका छन् । उनले बजारमा माग घटनुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राखेका थिए । 

महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए । 

त्यस्तै, महासंघ लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए  ।

मिसन टोली प्रमुख टिन्डाले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताए । साथै यस विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताए । 

Skip This
Skip This
Logo