तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० साउन ६ गते शनिबार। २२ जुलाई २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो, अ)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ। परिवारमा सुख सन्तोष पनि छाउला।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सानातिना समस्यामा अल्झनुपर्नेछ। सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। विद्या र बुद्धिको विकास पनि हुनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
शुभकार्यको चर्चा चल्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ, तर घर जग्गाको कारोबारमा नोक्सानी हुनसक्छ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ,तर काम क्रोध पनि बढ्नसक्छ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज मनमा दुबिधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला।आर्थिक कारोबारमा मन्दी आउनेछ,तर साँझमा मन प्रसन्न रहनेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
कुनै कुराले मनमा शान्ति छाउनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा बढी धनार्जन हुनेछ। लाभदायक यात्रा पनि रहला।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज प्रणयसम्बन्धमा सफलता पाउने समय रहेको छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज रमणीय र सुखद् यात्राको योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
लाभहानी, सुखदुःख, बराबरी मध्यम खालको दिन छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
दैनिक कार्यमा प्रगति हुनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। नसोचेको ठाउँबाट धनागमको हुनेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
गरेको कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। विद्यामा पनि सफलता पाइनेछ।

Skip This
Skip This
Logo