लमजुङमा ६५ प्रतिशत रोपाइँ

लमजुङमा ६५ प्रतिशत रोपाइँ

केन्द्रबिन्दु
0
Shares

साउनको पहिलो हप्ता वित्नै लाग्दा सम्म लमजुङ जिल्ला भित्र करिब ६५ प्रतिशत मात्र रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो। 

रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रदा रोपाई ढिलो भएको छ। अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरु पानी पर्ने र खेत रोप्न पाउने आशामा बसेका छन्।

जिल्लाको राइनास,मध्यनेपाल,बेसीसहर,क्व्होंला सोथार र दोर्दीका केही ठाउँहरुमा धान रोपाई अझै बाँकी रहेको उनले बताए। रेग्मीले भने,'वर्तमान समयमा पशु महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको कारण पनि किसानहरु मारमा परेको र रोपाई ढिला भएको हाे र यतिखेर पानी नपरेका कारण रोपेको धानखेत समेत सुक्ने अवस्थामा पुगेको छ।' कृषि ज्ञान केन्द्रका अनुसार विविध कारणले गत बर्ष भन्दा केही कम मात्रामा जिल्लामा धान खेति हुने प्रक्षेपण गरिएको उनले बताए।

कुलो र नहर नलाग्ने साथै पानी नपर्दा मूल पलाउन नसकेका कारण टारी खेतका किसानले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता छ। असारको पहिलो दोश्रो हप्ता पानी परेर रोप्न सकिने भए पनि समयमा पानी नपरे पछि समय मै बीउ राख्न नपाएकोले पनि समयमै धान रोप्न नपाएको किसानको गुनासो छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने प्रक्षेपण गरिएको छ।

विशेष गरी लमजुङको धमीलिकुवा,हर्राबोट,भोर्लेटार,करापुटार,हाँडेटार लगायतका क्षेत्र धानका प्रमुख पकेट क्षेत्र मानिन्छ। जिल्लाका केहि सिमसार क्षेत्रहरुमा चेतै धान खेति समेत हुने गरेको पाइन्छ।

Skip This
Skip This
Logo