गृहमन्त्री श्रेष्ठविरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रिने

गृहमन्त्री श्रेष्ठविरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रिने

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रन लागेका छन्। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई ‘साइबर क्राइम’को मुद्दामा फसाउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रन लागेका हुन्। 

पत्रकार बस्नेतमाथी गृहमन्त्री श्रेष्ठका सचिवालय सदस्य कमल गिरीले प्रहरीमा उजुरी गरेपछि अहिले चौतर्फी विरोध भइरहेको छ। नेपाल पत्रकार महासंघ,नेपाल प्रेस युनियन,समाजबादी प्रेस संगठन प्रेस चौतारी नेपालसहित देशैभरीका जिल्ला शाखाहरुले प्रेस विज्ञप्ति निकालेर बस्नेत माथी मुद्धा चलाउने गृहमन्त्री श्रेष्ठको सचिवालयका प्रयास ‘प्रेस स्वतन्त्रता विरोधी’ हर्कत भन्दै विरोध जनाएका छन्।
 
गृहमन्त्रालयको सचिवालयले हालेको उजुरीपछि साइबर ब्युरोबाट फोन आएपछि त्यसलाई अस्विकार गर्ने प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले बताएका छन्।

‘हाम्रो संगठन प्रेस चौतारी नेपालका आदरणीय अध्यक्ष गणेश बस्नेतलाई केहीबेर अघि साइबर ब्युरोबाट फोन आएको छ। उहाँलाई साइबर ब्युरोमा उपस्थित हुन भनिएको छ तर गणेश बस्नेत कुनै ब्युरोमा जानुहुन्न र भागेर पनि कहीं जानुहुन्न,बस्नेतले भनेका छन,‘उहाँसहित हामी ७७ जिल्लाका ७ हजार प्रेस चौतारीका सदस्य गिरफ्तारी दिन तयार छौँ। सरकारले हामीलाई गिरफ्तार गरोस्। हामी हाँसीहाँसी जेल जान तयार छौँ।’ उनले अगाडी भनेका छन्, ‘याद रहोस्,आफ्नै सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध सडकमा जाने प्रेस चौतारी र यसको नेतृत्व गणेश बस्नेत हो।’   

Skip This
Skip This
Logo