रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा आगलागी भएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज दिउसो २ बजे लागेको आगो करीब ३ बजे नियन्त्रणमा आएको थियो । विद्युत् चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए।

सो क्रममा प्रहरीले २३ जनालाई उद्धार गरेको र केही घाइते रहेको जनाइएको छ । घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

Skip This
Skip This
Logo