रास्वपाले गृहमन्त्रीको राजीनामा नमाग्ने

रास्वपाले गृहमन्त्रीको राजीनामा नमाग्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन प्रकरणलाई लिएर रास्वपाले गृहमन्त्रीको राजीनामा नमाग्ने बताएका छन्।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी लामिछानेले विमानस्थलबाट सुन तस्करी सेटिङबाटै भइरहेको बताउँदै सुन तस्करीको विषय सरकारकै निकायले पत्ता लगाएको हुनाले अहिलै सरकार विरुद्ध प्रतिक्रिया नदिने बताए । ‘हामी प्रतिक्रियाको दौडमा छैनौं’ लामिछानेले भने ‘अनुसन्धान गर्न , छानविन गर्न समय दिएर मात्रै प्रतिक्रिया दिनेछौं ।’

त्यति ठूलो परिमाणमा सुन विमानस्थलबाट भित्राउन संभव नभएको भन्दै उनले सबै सेटिङमा भएको समेत दाबी गरे। ‘सेटिङ नभई त्यति ठूलो परिमाणमा सुन विमानस्थलबाट भित्राउन संभव नै छैन’ लामिछानेले भने,‘सेटिङमा को को संलग्न छन् भन्ने अनुसन्धान आबश्यक छ।’

Logo