नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेने छ। गत मंगलबारदेखी सुरू भएको बैठक आज पनि जारी रहने भएकाे छ। शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखी सुरु हुनेछ। बैठक सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालयमा बस्नेछ।
गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह,बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की,रमेश रिजाल, डा.नारायण खड्का,उमा रेग्मी,पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगानालगायतले आ-आफनो धारणा राखेको केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
उनका अनुसार अजयकुमार चौरसिया,अम्बिका बस्नेत,पुष्पा भुसाल,शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा,ईश्वरी न्यौपाने,सीता गुरुङ,मिनाक्षी झा,सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल,चिनकाजी श्रेष्ठ, रमेश लेखक,सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, ध्रुव वाग्ले,गेहेन्द्र गिरी,डा. आरजु राणा देउवा, जीतजंग बस्नेत,राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले आ-आफ्ना धारणा राखेका थिए। आज बाँकी केन्द्रिय सदस्यहरुले आ- आफ्नो धारणा राख्ने छन् ।





























प्रतिक्रिया