जब ३० वर्ष पछाडी सरोज खनालले ‘सान्नानी’ भेटे, सुरुमा त चिनेनन्

जब ३० वर्ष पछाडी सरोज खनालले ‘सान्नानी’ भेटे, सुरुमा त चिनेनन्

केन्द्रबिन्दु
0
Shares

अभिनेता तथा निर्देशक खनालले ३० बर्ष पछाडी सान्नानी भेटेका छन्। आफूले पहिलो पटक निर्देशन गरेको ‘बगान’ चलचित्रको प्रमोशनका लागि दौडधुपमा रहेका अभिनेता खनालले २०५० सालमा निमार्ण भएको ‘सान्नानी’को नायिकालाई हिजो भेटेका हुन्र। 

सो फिल्ममा खनाल हिरोको भूमिका हुँदा ‘सान्नानी’ मेघा पोखरेल भने हिरोइनको भूमिकामा थिइन्। तर,सो फिल्मपछि ‘सान्नानी’ कतै पनि देखा परिनन्, खनालका अनुसार उनी लगभग गुमनाम जस्तै भएकी थिइन्। तर, आज उनै नायिका पोखरेलले ‘मलाई चिन्नुभयो?’ भन्दै आएपछि आफू एकछिन अक्क न बक्क परेको समेत खनालले सुनाएका छन्। 

अनि उनले सामाजिक सञ्जालमा लेखे, ‘२०५० सालतिर  हराएकी सान्नानी आज बगानमा  भेट्टिन’ खनालले सो भेटपछि लेखेका छन्, ‘उनले अभिनय गरेका  २ चलचित्र ‘सोल्टिनी’ र ‘सान्नानी’ जुन तेति बेला दर्शकले अत्यधिक मनपराउनु भएको सुपरहिट चलचित्र थियो, सान्नानीमा म उनको नायक थिए,यी दुबै चलचित्र चल्नुको कारण उनको अभिनय थियो,सबै निर्माता र निर्देशक उनलाई आफ्नो फिल्ममा लिन लालायित थिए,तर सान्नानी खेलेपछि उनी एकाएक चलचित्र क्षेत्रबाट हराइन्,उनको धेरै खोजी भयो तर न उनलाई कसैले भेटे न उनी फर्केर आइन्।’

उनले नायिका पोखरेललाई भेटपछि भावुक हुँदै अगाडी लेखेका छन्,‘आज (शनिवार) सिभिल मलमा बगान हेर्न आउनुभएका दर्शकलाई भेटन जादा फोटो खिच्न आउनु हुने  दर्शकको भिडबाट ‘मलाई चिन्नु हुन्छ?’ भन्दै उनी म तिर आइन्, मैले झट्ट उनलाई चिन्न सकिन किनकी ३० वर्षमा उनीमा धेरै परिवर्तन आइसकेको थियो, तर जब उनी हाँसिन मैले उनलाई चिने,३० वर्षपछि पनि सान्ननीको हासो उस्तै थियो, सान्नानी र सोल्टिनी अर्थात नायिका मेघा पोखरेल।’ 

Logo