एमाले लुम्बिनीको पहिलो अधिवेशन भदौ १६ मा

एमाले लुम्बिनीको पहिलो अधिवेशन भदौ १६ मा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन भदौ १६ र १७ गते हुने भएको छ। शनिबार बुटवलमा भएको प्रदेश कमिटीको सचिवालय बैठकले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन गर्ने निर्णय भएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए।

बैठकले सदस्यता नवीकरणका लागि यही साउन १२ गतेसम्म सक्ने र त्यसको प्रमाणि प्रतिलिपि केन्द्रमा पठाउने, प्रदेशमा रहेका सबै जनप्रतिनिधिलाई राखेर साउन १३ र १४ गते नेपालगन्जमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र पार्टीको नियमित प्रशिक्षणका लागि स्कुल सञ्चालन गर्न साउन २२ गतेदेखि २५ गतेसम्म प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको कंडेलले बताए।

१३ र १४ गते हुने जनप्रतिनिधि प्रशिक्षणमा प्रदेशबाट सङ्घ तथा प्रदेशमा रहेका सांसदहरू, स्थानीय तहमा रहेका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु रहनेछन्। प्रदेश कमिटी बैठकमा पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टी कमिटीलाई चलायमान बनाउन सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएकी थिइन्।

उनले अहिले बनाएको कार्यतालिका र जिम्मेवारी अनुसार समयमै कार्यसम्पादन गर्न निर्देशन दिएकी छन्। बैठकमा प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, १२ वटै जिल्लाका अध्यक्ष तथा इन्चार्जहरु सहभागी रहेका थिए।

Skip This
Skip This
Logo