नरेश श्रेष्ठ ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द इयर अवार्ड’ द्वारा सम्मानित

नरेश श्रेष्ठ ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द इयर अवार्ड’ द्वारा सम्मानित

केन्द्रबिन्दु
0
Shares

एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको सम्योजनमा सिङ्गापुरमा सम्पन्न एक कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल संचालक तथा स्कुलहरुलाई ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’द्वारा सम्मानित गरेको छ।

सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो.चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन्।

कार्यक्रममा समृद्धी स्कुल तथा कलेजका सिईओ प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द  इयर अवार्ड’ द्वारा सम्मानित गरिएको थियो।

एक्जिटो एजुकेसनका निर्देशक साचेत वीदीजनले नेपालका सातै प्रदेशबाट ५०० भन्दा बढी शैक्षिक संस्थाहरुको सर्भे गरि शैक्षिक सेवाका विभिन्न आयामहरुको तथ्यांकका आधारमा शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको उलेख्य योगदानलाई कदर गर्दै ३३ वटा स्कुल, कलेज, स्कुल संचालक तथा प्रिन्सिपलहरुलाई सम्मान स्वरुप उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरिएको बताए।

Skip This
Skip This
Logo