कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज निरन्तर सुनुवाइ हुँदैछ।
रिटको पेशी न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको हो। कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै एमालेले असार २२ गते सर्वोच्चमा रिट दर्ता गराएको थियो।
एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले परमादेशको माग गर्दै रिट दिएका थिए।





























प्रतिक्रिया