नारायणी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ९१ लाख ४२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यसै अवधिमा यो बैंक ५ करोड ४२ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो।
यस बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा ११२.०८ प्रतिशतले बढेर २ करोड ३ लाख ४१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसले ९५ लाख ९१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो। यसले इम्पेयरमेन्ट चार्ज वापत ४९ लाख रुपैयाँ छुट्याएको छ। जुन गत वर्षको भन्दा ८८.३८ प्रतिशतले कम हो।
यता, सञ्चालन नाफा भने ३ करोड २१ लाख रुपैयाँले ऋणात्मक छ। जसले गर्दा यसको खुद नाफामा गिरावट आएको हो। यद्दपि, यसको खुद घाटा गत वर्षको भन्दा कम हो। यसले ६३ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४८ करोड १७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
हाल नारायणीको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको छ। यसको जगेडा कोषमा १३ करोड ४८ लाख रुपैयाँ जम्मा रहेको छ। प्रतिसेयर आम्दानी ११ रुपैयाँ २ पैसा नोक्सानीमा छ। नोटवर्थ २१ रुपैयाँ ६६ पैसाले घटेर ३६ रुपैयाँ कायम भएको छ। यस बैंकले नेपाल धितोपत्र बोर्डमा १०० % हकप्रद जारी गर्न अनुमति मागेको छ।































प्रतिक्रिया