ललिता निवास प्रकरणमा नापी विभागका एक कर्मचारी पक्राउ

ललिता निवास प्रकरणमा नापी विभागका एक कर्मचारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन्। आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणमा आइतबार अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

एसएसपी दिनेश आचार्यका अनुसार नापी विभागका पूर्व कर्मचारीसमेत रहेका श्रेष्ठलाई ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनकै निवास जोरपाटीबाट पक्राउ गरिएको हो।

यसअघि साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पुनः पक्राउ गरेको छ। 

Logo