गगनलाई मिनेन्द्रको सुझावः संसदीय दलको खनायोमा मन नडुलाउनुस्

गगनलाई मिनेन्द्रको सुझावः संसदीय दलको खनायोमा मन नडुलाउनुस्

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्रीले संसदीय दलको नेतामा मन नडुलाए सभापति र महामन्त्री दुवैको इन्ट्रेस्ट नबाँझिने धारणा राखेका छन् । 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा रिजालले गगन थापालाई संसदीय दलको नेतामा मन नडुलाउन सुझाएका हुन् । उनले भने, ‘सभापतिको पनि २०८४ को निर्वाचनमा पार्टी राम्रो बनोस् बलियो बनोस भन्ने छ, महामन्त्री थापा पनि ०८४ सम्म यति काम गरौं र त्यसपछि पार्टीलाई मज्जैले अगाडि लैजान सकिन्छ भनेर लाग्नुभएको छ । तर, दुवैको मत कहाँनिर बाँझियो भन्दा खोज्दै जाँदा मलाई लाग्यो यो संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाएदेखि सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’ 

त्यस्तै, केन्द्रीय सदस्य रिजालले पार्टीमा निणर्य गरिहाल्ने तर कुनै पनि निर्णयलाई अन्तिमसम्म लैजानको लागि कार्यान्वयन गर्ने प्रवृति नभएको भन्दै त्यस्तो प्रवृतिबाट बाहिर आउनुपर्ने धारणा राखे । छिटो निर्णय गर्ने भन्दा विस्तारै निणर्य गरेर छिट्टो त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने उनले बताए । 

पार्टीले एकलौटी रुपमा केन्द्रमा बसेर निर्णय गर्ने प्रवृतिलाई त्यागेर जिल्लादेखि प्रदेश र स्थानीय तहलाई अधिकार बाँड्नुपर्नेमा उनले जोड दिएका छन् ।  

Skip This
Skip This
Logo