नेता भण्डारीको टिप्पणीः गरिबी हटाउने मुद्दा प्राथमिकतामै नपर्दा नेताहरुले लाज मान्नु पर्दैन ?

नेता भण्डारीको टिप्पणीः गरिबी हटाउने मुद्दा प्राथमिकतामै नपर्दा नेताहरुले लाज मान्नु पर्दैन ?

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले गरिबी हटाउने मुद्दा नेताहरुको एजेन्डामै नपरेको टिप्पणी गरेका छन् । 

४५औं पुष्पलाल स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता भण्डारीले देशका ठूला ठूला नेताहरु बैठक बस्छन् तर मुलुकको लागि राष्ट्रिय एजेण्डा अझै बन्न नसकेको भन्दै यो सबै लाज वीपी र पुष्पलाललाई सम्झेर नजाने बताएका हुन् । 

उनले भने, ‘हाम्रो नेताहरु बैठक बस्नु हुन्छ तर उहाँहरुले मुलुकको लागि राष्ट्रिय एजेण्डा किन बनाउनु हुँदैन । जसको सरकार बनेपनि एजेण्डाबाट काम गर्नुपर्छ पहिला मुलुकलाई गरिवीबाट हटाउनु पर्छ भन्ने एजेण्डा किन बन्दैन यो प्रश्न सोध्नुपर्छ । यो सबै लाज वीपी र पुष्पलाललाई सम्झेर जाँदैन, त्यसकारण काम गरेर देखाउनु पर्छ ।’

नेता भण्डारीले नेपालमा राम्रो डाक्टरहरु छन्, विश्वविद्यालयहरु छन् तर पनि विरामी हुदाँ उपचार गर्न नसक्ने भन्दै गुणस्तरीय हस्पिटल नहुनु लाज मान्नु पर्ने विषय भएको बताए । उनले भने, ‘नेपालमा राम्रो डक्टरहरु छन्, नेपालमा किन बस्दैनन्, विश्वविद्यालय किन चल्दैँन्, नेपाल टेली शिक्षामा राम्रो हुन सक्छ तर किन बन्दैन् । आज हामी विरामी भयो भने उपचार गर्न सक्दैनौँ रहेछ, हामीसँग हस्पिटल रहेनछ हामीले लाज मान्न पर्छ कि पर्दैन ?’

नेता भण्डारीले आन्दोलन गर्यो, लड्यो, गरिबका छोरा छोरीको रगत बगायो सत्तामा पु-यायो, सत्तामा पु-याएपछि ठूला गाडी, ठूला रहनसहनमा रमाउने प्रवृत्ति नेपालमा भएको भन्दै यसरी वीपी र पुष्पलालको नाम लिएर मात्रै देश सुधार नहुने बताए । देशमा जसलाई रक्षक बनायो त्यो नै भक्षक भएपछि कसरी बन्छ मुलुक भन्दै यहाँ कम्युनिष्ट र काङ्ग्रेस होईन नेपाली जनता बनाउनु पर्छ भनेर लाग्नुपर्ने उनको भनाई छ । 

Logo