५० लाखसम्मको शेयर धितो कर्जामा मात्र १०० प्रतिशत जोखिम भार

५० लाखसम्मको शेयर धितो कर्जामा मात्र १०० प्रतिशत जोखिम भार

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले ५० लाखसम्म शेयर धितो कर्जामा ऋण लिनेलाई मात्र जोखिम भार कम हुने प्रष्ट पारेका छन् । 

आईतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रीक नीति सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा गर्भनर अधिकारीले ५० लाखसम्म शेयर धितो कर्जामा लागि १०० प्रतिशत  जोखिम भार बनाइने बताएका हुन् । 

‘आज भन्दा २ वर्ष अगाडी १५ लाख भन्दा सानो कर्जाको हकमा १०० पैतिशत मात्र जोखिम भार लगानी हुने त्यो भन्दा धेरैको हकमा १५० प्रतिशत लागु हुने व्यवस्था गरेका थियौं । त्यो २५ लाखलाई अलिकति बढाएर ५० लाख सम्म बनाउने भनेर तयार गरिएको हो । हामी निकट भविष्यमा चाँडो भन्दा चाँडो यससंग सम्बन्धित सर्कुलर ल्याउछौं । यसको कुनै अन्यौता भएर सबैको १०० बाट १५० गारउन खोजेको हो की अथवा ५० सम्मको १२५ सम्म हो की भन्ने अन्यौतामा नरहनु होला हामी यसमा स्पष्ट छौं ।’ उनले भने । 

गर्भनर अधिकारीले शेयर धितो कर्जालगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत रहेको बताए । आवासीय कर्जामा मात्र १५० बाट सय बनाउन खोजिएको बताइएको उनको भनाई छ ।

Logo