तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० साउन ८ गते साेमबार। २४ जुलाई २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो, अ)
आज कीर्तिमानी काम गर्ने समय छ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिन्छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा समस्या पनि आउनसक्छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज समय शुभ छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइसँग रमाइला पलहरू व्यतीत हुनेछ । काम गर्ने जाँगर र उमङ्ग बढ्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ कामको थालनी हुनेछ, तर बोल्दा निकै विचार पुर्याउनुहोला ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ । विद्याको क्षेत्र पनि सबल नै रहनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज कार्य सम्पादनमा समस्या आउला । पुँजी बजारमा लगानी नगर्दा नै बेस होला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भएनि सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नसक्छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।
 

Logo