पाकिस्तानको इस्लामिया युनिभर्सिटी अफ बहावलपुरवाट ड्रग्स र ब्ल्याकमेलिङको घटना बाहिर आएको छ।
प्राध्यापकहरुको एक गिरोहले विद्यार्थीहरुलाई लागुऔषध बेच्ने गरेको खुलासा भएपछि केहीलाई पक्राउ गरिएको छ। साथै,उनीहरुको फोनबाट छात्राहरुको अश्लिल भिडियो फेला परेको छ। यी भिडियोमार्फत युवतीहरूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप छ।
सरकारले यो प्रकरणलाई दबाउन हरसम्भव प्रयास गर्यो तर यो काण्ड मिडिया रिपोर्टबाट बाहिर आयो। बर्खास्तपछि विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि पक्राउ परेका छन्।
पाकिस्तानको अखबार ‘द डन’ले यस ड्रग्स रैकेटको बारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ। यसमा प्रहरीको बयान पनि समावेश छ । प्रहरीका अनुसार केही दिनदेखि आइयुबीमा लागुऔषध ओसारपसारको सूचना आइरहेको थियो। विश्वविद्यालयका केही प्राध्यापकले यो र्याकेट चलाएको अनुसन्धानले देखाएको छ। छापा मार्दा एक प्राध्यापकको साथबाट हेरोइन पनि बरामद भएको छ।
प्रहरीले जेठदेखि नै यस विषयमा अनुसन्धान गरिरहेको भए पनि प्रमाण नहुँदा अभियुक्तलाई कारबाही गर्न सकेको थिएन। ठोस सूचना पाएपछि विश्वविद्यालयका प्रमुख वित्तीय अधिकृतलाई २८ जुनमा पक्राउ गरिएको थियो। उनको साथबाट धेरै लागुऔषध बरामद भएको छ। वित्त अधिकारीलार्ई एउटा कारबाट समातिएको थियो। उनीसँगै विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि रहेका थिए र उनीहरुसँग लागुऔषध पनि फेला परेको थियो।
दुबैको फोन चेक गर्दा प्रहरी चकित भयो किनभने युनिभर्सिटीका विद्यार्थी र महिला शिक्षकको अश्लील भिडियो पनि त्यसमा समावेश थियो। ती छात्रा तथा महिला शिक्षकलाई विभिन्न स्थानमा ब्ल्याकमेल गरी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ। यसबारेमा पाकिस्तानी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





























प्रतिक्रिया