इन्डोनेसियामा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु

इन्डोनेसियामा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १९ जना बेपत्ता भएका छन्। राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० यात्रु थिए र सो डुंगा राति करिब १२ बजे डुबेको थियो। तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन। ६ जना यात्रुको उद्धार गरिएको छ,जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ। खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने,‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। 

उद्धार एजेन्सीले साझा गरेका तस्बिरहरूमा स्थानीय अस्पतालको भुइँमा लुगाले छोपिएको पीडितहरूको शव देखाइएको छ। डुङ्गाले मानिसहरूलाई खाडी पार गरी दक्षिणपूर्वी सुलावेसी प्रान्तको राजधानी केन्द्रीबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको मुना टापुमा पुर्‍याएको थियो। त्यही क्रममा यो घटना भएको हो।

Skip This
Skip This
Logo