नेपाल इन्स्याेरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला

नेपाल इन्स्याेरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला

केन्द्रबिन्दु
0
Shares

नेपाल इन्स्याेरेन्स कम्पनीले साेमबारदेखि १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ। यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन्। संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन्। यता,आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल,काठमाडौँ पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ। साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ।

Logo