कांग्रेस अनुगमन समिति र उद्योगीबीच छलफल

कांग्रेस अनुगमन समिति र उद्योगीबीच छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थिति अनुगमन समितिले आज काठमाडौंमा उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुसँग छलफल गरेको छ।

छलफलका क्रममा कांग्रेस सहमहामन्त्री एवम् समितिका संयोजक डाक्टर महतले सरकारलाई व्यवसायी लक्षित गरेर राहत ल्याउन पहल गर्ने बताएका थिए । उनले सरकारले व्यावसायीलाई राहत हुने कुनै पनि प्याकेज अहिलेसम्म नल्याएको र बजेटमा पनि निजि व्यवसायलाई कोरोना पछि कसरी अगाडि बढाउने भन्ने कुनै निति कार्यक्रम पनि नभएको बताए । त्यस्तै समितिका सदस्य एनपी साउद र चन्द्र भण्डारीले निजी व्यवसायीलाई पनि अहिलेको विषम परिस्थितिमा श्रमिकहरुलाई कामबाट ननिकाल्न पनि आग्रह गरेका थिए ।

कांग्रेस सहमहामन्त्री महत नेतृत्वको समिति सँगको छलफलमा सरकारले यति लामो समयसम्म बन्दाबन्दी गरेको र आफूहरुलाई राहत प्याकेज पनि नल्याएको गुनासो उद्योगीहरुले पोखेका थिए । उनीहरुले कांग्रेस सहमहामन्त्री महत नेतृत्वको संयोजकत्वमा गठित समितिसँग निजी व्यवसाय संचालन गर्नेहरुलाई राज्यले अर्कै दृष्टिकोण बनाएर आफूहरुलाई दुःख दिन मात्रै खोजेको बताएका थिए।

Skip This
Skip This
Logo