उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजवादमा भ्रष्टाचार हुँदैन भन्ने कुरा सत्य नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा पुष्पलालको २४औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा गृहमन्त्री श्रेष्ठले समाजवाद संक्रमणकालीन समाज भएको बताएका हुन् । उनले भने, ‘समाजवादमा भ्रष्टाचार हुँदैन भन्ने कुरा सत्य हैन् । समाजवाद भ्रष्टाचारको जराहरुलाई कमजोर पारिएको नयाँ व्यवस्था हो । तर समाजवादमा भ्रष्टाचार हुँदै हुँदैन भन्न सकिन्न । समाजवाद पनि संक्रमणकालीन समाज हो । समाजवादमा गएपछि भ्रष्टाचार स्वत अन्त्य हुँदैन । त्यसको लागि ठूलो संघर्ष गर्नुपर्छ ।’
गृहमन्त्री श्रेष्ठले पुँजीवादभित्रको समाजवाद आफूहरुलाई मान्य नभएको पनि बताए । समाजवाद नेपाली समाजको निम्ति स्वीकार्य विषयको रुपमा स्थापित भएको र आफूहरु समाजवादको पक्षमा भएको उनको भनाइ छ ।





























प्रतिक्रिया