काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ७०० रुपैयाँले बढ्दै सुन आज ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज पनि ६ सय रुपैयाँले बढेर सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ६० मा कारोबार भइरहेको छ । सुन सोमबार ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी आज ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा ५ रुपैयाँ बढेको हो ।





























प्रतिक्रिया