हाम्रो अन्तर्राष्ट्रिय मान्यतामा सबैभन्दा ठूलो बाधक अमेरिका छः तालिबान सरकार

हाम्रो अन्तर्राष्ट्रिय मान्यतामा सबैभन्दा ठूलो बाधक अमेरिका छः तालिबान सरकार

केन्द्रबिन्दु
0
Shares

तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधा भएको बताएको छ। तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा यी कुरा भनेका हुन्।

उनले सरकारले मान्यता पाउनका लागि सबै शर्त पूरा गरेको बताए।‘यति हुँदाहुँदै पनि अमेरिकाको दबाबमा अन्य देशले हामीलाई चिन्न सकेका छैनन्। हामी अमेरिकाको दबाबमा नआएका देशहरूबाट मान्यताको लागि अपील गर्छौँ। हामी चाहन्छौं कि विश्वका शक्तिशाली इस्लामिक देशहरूले हामीलाई सरकारको रूपमा मान्यता दिनुहोस्,’उनले भने। 

आतंकवादी संगठन अलकायदासँग लड्न अमेरिकालाई सहयोग गर्ने प्रश्नमा मुजाहिदले भने कि यो अफगानिस्तानमा छैन। उनले भने कि अल कायदा अफगानिस्तानमा अवस्थित छैन,अन्यथा तिनीहरू कोसँग लड्ने छन्।  उनले अमेरिका बारम्बार आफ्नो आकाशमा घुसपैठ गरिरहेकोसमेत आरोप लगाएका छन। ‘अब उनीहरूले यो काम रोक्नुपर्छ’ उनले भने। 

‘अफगानिस्तानको स्वतन्त्रताको सम्मान गर्नुपर्छ र अफगानिस्तानविरुद्ध कुनै पनि देशको भूमि प्रयोग गर्न नहुने बारम्बार भनिँदै आएको छ’,मुजाहिदले भने,‘तर अमेरिकाले मानेको छैन।’ मुजाहिदले अगाडी भने,‘अफगानिस्तान अन्तर्राष्ट्रिय समुदायसँग वार्ता गर्न र उनीहरुको चासो सुन्न तयार छ।’ साउदी अरेबियाले उनीहरुलाई मान्यता दिएमा थप ५८ मुस्लिम देशसँग वार्ता गर्ने तयारी गरिरहेको उनले जानकारी दिएका छन्।

Skip This
Skip This
Logo