कोसी प्रदेश सरकारविरुद्ध दायर रिट आज सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ। कोसी प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रहेका हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।
गएको असार २२ गते कोसी सरकार निर्माणका लागि त्यहाँका सभामुखले हस्ताक्षर गरेका थिए। प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएका थिए। सभामुखको हस्ताक्षरसहितको कोसी सरकारलाई अवैध ठहर गर्न रिटमा माग गरिएको छ। त्यसअघिकै सरकार कायम गर्न पनि कार्कीले रिटमा माग गरेका छन्।
उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोसी सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त इजलासले साउन ७ गतेदेखि निरन्तर सुनुवाइ र अन्तिम आदेश गर्ने गरी मिति समेत तोकेको थियो।





























प्रतिक्रिया