आज २०८० साउन १० गते बुधबार। २६ जुलाई २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजार या पुँजी बजारमा लगानीको अवसर मिल्नेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारले साथ दिनेछ । शुभ कार्यको योजना पनि बन्ने योग छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । शृङ्गार तथा सजावटको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति हुनेछ । सफल यात्रा पनि हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । सामाजिक कार्यमा सरिक पनि भइनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।





























प्रतिक्रिया