नेपाली बजारमा आज सुनको भाउ ५ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार १ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य १० रूपैयाँले बढेकाे छ। मंगलबार प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया