रेनो गाडीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइलले देशव्यापी निःशुल्क सर्भिस क्याम्प शुरु गरेको छ ।
झापाको विर्तामोडमा मंगलबारबाट सुरु भएको सो क्याम्पमा ग्राहकले लेवर चार्ज, भेइकल चेकअप एवं टप वास, २०० ग्रामसम्म एसी ग्यास र कुलान्ट टपअपमा निःशुल्क सेवा पाउनेछन् । यसैगरी स्पेयर पार्ट्स र एसेसोरिजमा १० देखी ३० प्रतिशतसम्म छुट र लुव्रिकेन्ट्समा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
सो सर्भिस क्याम्प विर्तामोडसहित विराटनगर, लाहान, जनकपुर, विरगंज, नारायणघाट, वुटवल, भैरहवा, पोखरा, दाङ, नेपालगन्ज, सुर्खेत र धनगढीमा भदौ १८ गतेसम्म आयोजना हुनेछ ।





























प्रतिक्रिया