पीडितलाई न्याय दिन नसकेकोप्रति चिन्ता व्यक्त

पीडितलाई न्याय दिन नसकेकोप्रति चिन्ता व्यक्त

केन्द्रबिन्दु
0
Shares

एड्भोकेसी फोरम–नेपालले निर्मला पन्तको क्रूर हत्या र बलात्कार गरिएको पाँच वर्ष बितिसक्दा पनि पीडितले अहिलेसम्म न्याय पाउन नसकेकोमा चिन्ता व्यक्त गरेको छ ।

उक्त घटनामा निष्पक्ष र स्वतन्त्ररूपले तत्काल अनुसन्धान गर्न तथा पीडकहरूलाई कानुनबमोजिम सजाय गर्न माग गरिएको फोरम नेपालका निर्देशक विकास बस्नेतले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“पीडकमाथि अनुसन्धान तथा अभियोजन नगरिए देशमा दण्डहीनता थप संस्थागत हुन्छ,” प्रेस विज्ञप्तिमा भनिएको छ, “घटनामा सत्य तथा न्यायको निरन्तर माग गर्ने पीडित परिवार, मानव अधिकार रक्षक तथा कानुन व्यवसायीहरूसँग एड्भोकेसी फोरम–नेपाल ऐक्यबद्धतासमेत व्यक्त गर्दछ ।”

विसं २०७५ साउन १० अपराह्न २ बजेतिर विद्यालयको गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी निर्मला त्यहीँबाट हराएकी थिइन्। त्यसको भोलिपल्ट उनको मृत शरीर उनकै घर नजिकको उखुबारीमा भेटिएको थियो।

राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुसन्धान गरी २०७६ पुसमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। त्यसमा आयोगले सरकारलाई चारबुँदे सिफारिस र २४ बुँदे निर्देशन दिएको थियो।

आयोगको सिफारिस र निर्देशन अहिलेसम्म लागू गरिएको छैन।  निष्पक्ष अनुसन्धान तथा आरोपितहरूको अभियोजनका लागि जनताले माग गरे पनि अनुसन्धान भने अझैसम्म पूरा हुन सकेको छैन ।

Skip This
Skip This
Logo