लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ।
बुधबार आन्दोलनकै क्रममा नयाँ बानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ। माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्यालीलाई नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले रोकेको थियो।
नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो। घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।







































प्रतिक्रिया