सुन तस्करीकाे छानबिन गर्न उच्चस्तरीय समिति गठनकाे लागि एमालेद्वारा सभामुखको रुलिङ माग

सुन तस्करीकाे छानबिन गर्न उच्चस्तरीय समिति गठनकाे लागि एमालेद्वारा सभामुखको रुलिङ माग

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् । 

सरकारको संरक्षकमा सुन तस्करी भइरहेको दाबी गर्दै एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो । अहिले एमाले सांसदहरुले बैठकमा नाराबाजी गरिरहेका छन् । 

Skip This
Skip This
Logo