सत्ताकाे नेतृत्व गरिरहेकाे नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिपक्ष दलले रातलाई दिउँसो भन्न खोजेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्ष दलले क्वीन्टल सुन प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीको समेत संलग्नता रहेको आरोप लगाएपछि सांसद पौडेलले प्रतिपक्षले दिउँसै रात पार्न खोजेको र रातलाई दिउँसो भन्न थालेको टिपप्णी गरेका हुन् ।
उनले भने, ‘दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदै छ । भ्रष्टाचारलगायत कतिपय विषयहरुको सरकारले छानविन गर्ने प्रक्रिया अघि बढेको छ, माननीय ज्यूहरुलाई टाउको नदुखाउन म अनुरोध गर्छु । सरकार अगाडि बढोस् ।’
सांसद पौडेलले कसैको अनुहार नहेरी प्रमाणका आधारमा छानविन अघि बढाउन सरकारलाई आग्रह गरे । ‘बाँकी रहेका उठेका कतिपय विषयहरुमा पनि सरकारले छानविन गरेर व्यक्तिको अनुहार हेर्ने होइन् उसको काम र शैलीलाई हेरेर सुशासनको पक्षमा अगाडि बढ्न म सरकारलाई विशेष अनुरोध गर्न चाहान्छु ।’ उनले भने ।
दोषीलाई कारबाही गर्ने कुरा महत्वपूर्ण भएको भन्दै उनले कुनै पनि दोषीलाई कारबाही गर्दा सांसदहरु खुसी हुनुपर्ने बताए । ‘माछो सानो ठुलोको कुरा होइन् । दोषीलाई कारबाही गर्ने कुरा हो । माननीय ज्यूहरु त खुसी हुनु पर्ने हो यो कुरा ।’































प्रतिक्रिया