देशमा लोडसेडिङ घोषणा गरिदिनुस्ः सांसद साह

देशमा लोडसेडिङ घोषणा गरिदिनुस्ः सांसद साह

केन्द्रबिन्दु
0
Shares

आमजनता पार्टीका सांसद प्रभु साहले देशमा लोडसेडिङ घोषणा गर्न सुझाव दिएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद साहले दैनिक अघोषित लोडसेडिङ गर्नु भन्दै घोषणा गरेरै विद्युत कटौति गर्न सुझाव दिएका हुन् । ‘यो देशमा लोडसेडिङ छ कि छैन ? यदि छैन भने तराई मधेशमा दिन दिनै किन काटिन्छ बिजुली ?’, उनले भने, ‘छिनछिनमै लाइन काटिएर तराईमा बाँच्नै नसक्ने अवस्था छ।’ 

उनले थपे, ‘विद्युत् प्राधिकरणको लापरबाहीले तराई मधेशका मानिसको जीवन नारकीय भएको छ’ । 

पछिल्लो समय प्राधिकरणको लापरबाहीका कारण आम नागरिकले ज्यान गुमाउनु परेको सांसद साहको आरोप छ । ‘रौतहटमा केही महिनायता २४/२५ जनाको मृत्यु करेन्ट लागेर भयो। प्राधिकरणको यो लापरबाहीको जिम्मेवारी कसले लिने?’ उनले भने । 

Logo