अप्पर लोहोरे खोला हाईड्रोले स्थानिय बासिन्दाका लागि जारी गरेकाे आईपीओ बाँडफाँड

अप्पर लोहोरे खोला हाईड्रोले स्थानिय बासिन्दाका लागि जारी गरेकाे आईपीओ बाँडफाँड

केन्द्रबिन्दु
0
Shares

अप्पर लोहोरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडको स्थानिय बासिन्दाहरुमा निष्काशन गरिएको साधारण शेयर बाँडफाँड भएको छ । 

कम्पनीको जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको रु. १०० अंकित दरका ५ लाख ९ हजार ८०४ कित्ता साधारण शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं. २ र ३, दैलेखका स्थायी बासीन्दाहरुको लागि २ लाख ५४ हजार ९०२ कित्ता र प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं. २ र ३, बाहेकका अन्य दैलेख जिल्लाका स्थायी बासीन्दाहरुको लागि २ लाख ५४ हजार ९०२ कित्ता साधारण शेयर खरिदका लागि निष्काशन तथा बिक्री खुल्ला गरेकाे थियो ।

उक्त निष्काशनको समयमा जम्मा ८६६ जना आवेदकहरुबाट जम्मा २ लाख १७ हजार २५० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सोमध्ये अति प्रभावित क्षेत्रका बासीन्दाहरुलाई छुट्याईएको शेयर खरिदका लागि एक जना आवेदकबाट २५० कित्ता र प्रभावित क्षेत्रका बासीन्दाहरुलाई छुट्याईएको शेयर खरिदको लागि ३० जना आवेदकहरुबाट २२ हजार २६० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन प्राप्त नभएकोले उक्त आवेदनहरुलाई रद्द गरी अति प्रभावित क्षेत्रका बासीन्दाहरुका लागि छुट्याइएको शेयर खरिदको लागि ७१ जना आवेदकहरुबाट प्राप्त ११ हजार ७७० कित्ता शेयर र आयोजना प्रभावित क्षेत्रका बासीन्दाहरुका लागि छुट्याइएको शेयर खरिदको लागि जम्मा ८३६ जना आवेदकहरुबाट प्राप्त जम्मा १ लाख ९४ हजार ९९० कित्ता शेयर खरिदको लागि मात्र रितपुर्वक आवेदन प्राप्त भएकोले सम्बन्धित आवेदकहरुले माग गरे बमोजिम नै शेयर बाँडफाँड गरिएको हो । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको थियाे ।  

Skip This
Skip This
Logo