भेस्पा/अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा

भेस्पा/अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा

केन्द्रबिन्दु
0
Shares

भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले कान्तिपथमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

बुधबार भेस्पा अप्रिलिया इन्डियाका कन्ट्री हेड भानु प्रकाश सुधले उक्त शोरुम उद्घाटन गरेका हुन् । सो अवसरमा डेल्टा अटोकर्पका म्यानेजिङ डाइरेक्टर पुल्कित भिमसरिया र निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटनको अवसरमा कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत महतोले आफ्नो ग्राहकहरुलाई सरल तरिकाले सेवा उपलब्ध गराउन विभिन्न ठाउँहरुमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराए ।

डेल्टा अटोकर्पले आफ्नो शोरुमहरु काठमाडौँ उपत्यका र बाहिर पनि ५० भन्दा बढी विभिन्न ठाउँहरुबाट आफ्नो सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Skip This
Skip This
Logo