लुम्बिनी सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने

लुम्बिनी सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेश सरकारले कर्निया (आँखाको नानी) प्रत्यारोपण निशुल्क गर्ने भएको छ।

प्रदेश स्वास्थ्य मन्त्रालयले पहिलो पटक प्रदेशभर कर्नियाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्रोत व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। नेपालमा आँखाको उपचार निशुल्क रुपमा गर्न कार्यक्रम लागू गर्नेमा लुम्बिनी प्रदेश पहिलो हो।

विभिन्न कारण आँखाको ज्योति गुमाएका नागरिकको अन्धोपनको उपचार तथा शल्यक्रिया गरिन्छ। प्रदेश भरका कर्निया बिरामीको लागि मन्त्रालयले व्यक्तिगत उपचार खर्च उपलब्ध गराउने नभई अस्तपालबाटै निःशुल्क अप्रेसन सहितको सेवा दिने व्यवस्था मिलाउने गरि कार्यविधि निर्माण गर्न लागेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षदेखि सिकलसेल एनिमिया भएका बिरामीहरूको निःशुल्क वीमा गर्न पनि सुरु गरिसकेको छ। 

Logo