साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा पुगेको छः सञ्चारमन्त्री शर्मा

साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा पुगेको छः सञ्चारमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा पुगेको जानकारी दिएकी छिन्। 

काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले साइबर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाइएको र अब केही दिनमै त्यो मन्त्रिपरिषद्ले पारित गरेर नीति बन्ने बताएकी हुन्।

अहिले नेपालमा सूचना प्रविधिको विकास अनुरुपको नीति बन्न नसकेको उनको स्वीकारोक्ति छ। उनले भनिन्,‘साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाएका छौँ र क्याविनेटमा छिटो छिटो त्यो नीति बन्ने छ। अहिले के भइरहेको छ भने सूचना र प्रविधि क्षेत्र अगााडि अगाडि हाम्रा नीति नियम र काम पछाडि पछाडि जस्तो जुन अवस्था भएको छ, यसको हामी अन्त्य गर्न खोज्दैछौँ।’ 

उनले नयाँ पिढीलाई सूचना प्रविधिको सकरात्मक सहयोग लिन सक्ने गरी विकास गर्न र सरकारले यस क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको औँल्याइन्। 

Skip This
Skip This
Logo