चिनियाँ नागरिक बस्ने लाजिम्पाटस्थित घरमा छापा, केही कागजात र सामान बरामद

चिनियाँ नागरिक बस्ने लाजिम्पाटस्थित घरमा छापा, केही कागजात र सामान बरामद

केन्द्रबिन्दु
0
Shares

करिब १०० किलो सुन तस्करी प्रकरणमा काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले छापा मारेको छ । 

गत बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट‍ सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवान बस्ने घरमा खानतलासी गरिएको हो । राजस्वको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ । साथै उक्त घरलाई अहिले विभागले शिल गरेको छ ।

 

विभागले बुधबार मात्रै सुन ल्याउने रेडी ट्रेडर्स कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो। त्यहाँ ब्रेक शु बरामद भएको थियो।

विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन गत बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । स्कुटरको ब्रेक सुकाे नाममा उक्त सुन भित्रिएको थियो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ ।

साे प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन् । 

Logo