एसियाडमा नेपालले २९ खेल खेल्ने

एसियाडमा नेपालले २९ खेल खेल्ने

केन्द्रबिन्दु
0
Shares

चीनको हाङ्झोउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा नेपालले २९ खेलमा सहभागिता जनाउने भएको छ। सेप्टेम्बर २३ अर्थात असोज ६ गते देखि अक्टोबर ८ तारिखसम्म सञ्चालन एसियाडमा २ सय ३४ नेपाली खेलाडी सहभागी हुनेछन्।
 
उक्त प्रतियोगितमा पहिलो पटक नेपालबाट महिला फुटबल टोली सहभागि हुनेछ। नेपाली महिला फुटबल टिम समूह डी मा परेको छ। उक्त समुहमा नेपालका अतिरिक्त बंगलादेश,भियतनाम र जापान छन्। 

त्यस्तै, समूह एमाचीन, उज्बेकिस्तान, मंगोलिया, समूह बीमा चाइनिज ताइपेइ, थाइल्याण्ड, भारत, समूह सीमा उत्तर कोरिया, सिंगापुर, कम्बोडिया र समूह ईमा दक्षिण कोरिया, हङकङ, फिलिपिन्स, म्यानमार छन्।
 
एसियाली खेलकुदका लागि रु २१ करोड रकम विनियोजन गरिसकेपनि राष्ट्रिय खेलकुद परिषद्ले २४ करोड माग गर्दै आएको छ। यसअघि १९औँ एसियाली खेलकुद सन् २०२२ को सेप्टेम्बर १० देखि २५ तारिखसम्म चीनमै आयोजना हुने कार्यक्रम थियो।तर विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो।

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो पटक एसियाली खेलकुदको आयोजना भएको यस प्रतियोगितको १९औँ संस्करणमा सहभागी हुन४५ राष्ट्रका १२ हजार ५ सय खेलाडीले नाम दर्ता गराएका छन्। एसियाली खेलकुदमा आयोजक चीनका साथै थाइल्यान्ड,जापान,दक्षिण कोरिया,भारत,हङ्कङका करिव ६ सय खेलाडी सहभागी हुनेछन्। 

प्रतियोगिताका लागि हेइजाङका पाँचवटा सह-आयोजक सहरमा ५४ वटा खेलस्थल तयार पारिएको छ। एसियाडका खेलहरू हाङ्झोउ,निङ्बो,वेनझोउ,हुझोउ, साओझिङ र जिनहुआ गरी ६ वटा सहरमा आयोजना हुनेछन्।उक्त प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिने छ।  

Logo