एक वर्षमै धनगढीको मुहार फेर्न सफल मेयर गोपी हमाल [भिडियाे]

एक वर्षमै धनगढीको मुहार फेर्न सफल मेयर गोपी हमाल [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

गोपाल हमाल गत स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार बन्दा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरको चर्चा देशैभरी चलेको थियो । अघिल्लो चुनावमा पराजित हमाल फेरि स्वतन्त्र उम्मेदवार बनेर प्रतिस्पर्धामा थिए । मेयरको चुनावमा हमालको मुख्य नारा थियो – धनगढीलाई मोडल नगर बनाउनु र भ्रष्टाचार शुन्यमा झार्नु । मिडियामा त्यति चर्चामा आउन नचाहने धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका केही उत्कृष्ट कार्यहरूले जनताको वाहवाही पाइरहेका छन् । 

मिडियामा त्यति चर्चामा आउन नचाहने धनगढी मेयर हमालले केही उत्कृष्ट कार्यहरूले जनताको वाहवाही पाइरहेका छन् । 

कार्यकालको एक वर्षमा उनले घरभित्र सर्प पसे समात्न तालिम प्राप्त नगर प्रहरीको व्यवस्था गरेका छन् । आमा सुरक्षा र रातिको समयमा बिरामी भए अस्पताल आउन निःशुल्क एम्बुलेन्स, मृतकलाई अस्पतालबाट लैजान निःशुल्क शव वाहन, नगर प्रहरी, २४ सैं घण्टा एम्बुलेन्स र दमकल सेवा, अपाङ्गता भएकालाई खोजीखोजी सहयोगी सामग्री प्रदान गर्ने सेवाले उनलाई सर्वसाधारणसँग नजिक बनाएको छ । 

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित | News from Nepal -  Ratopati

धनगढीको मुख्य सडक विस्तार, डुबान रोक्न जग्गा खाली गर्ने अभियान, हरेक वडामा विशेषज्ञ डाक्टर सहितको क्लिनिक, ज्येष्ठ नागरिकको सेवा, दिउँसो हरियो, राति उज्यालो सडक, प्लास्टिक प्रतिबन्ध, विकल्पको जोहो, व्यवस्थित ठेला र सडक व्यापार, सरसफाइ अभियान, हरित धनगढी अभियानमा आम जनसहभागिता, प्रदेश र संघीय सरकारसँग समन्वय कायम आदि उनका मुख्य काम हुन् । 

धनगढीको ६ लेनको सडक पूरा भएपछि आफूखुसी जताततैबाट बाटो काट्ने क्रमको अन्त्यका लागि उनले सडकै खादा लगाइदिने काम गरे ।

धनगढीको ६ लेनको सडक पूरा भएपछि आफूखुसी जताततैबाट बाटो काट्ने क्रमको अन्त्यका लागि उनले सडकै खादा लगाइदिने काम गरे । जसको केहीले प्रशंसा गरे भने केहीले आलोचना पनि गरे । तर अहिले सडकको मेडियम नाघेर हिँड्ने पैदलयात्री बिरलै मात्रै देखिन्छन् । 

Logo