गणपूरक संख्या नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफल गर्न शुक्रबारका लागि बोलाइएको बैठक कोरम नपुग्दा बस्न नसकेको हो।
२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ,तर १३ जना मात्रै उपस्थित भएको जनाइएको छ। समितिका अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ।































प्रतिक्रिया