चीनको हान्झोउमा हुने १९औं एसियाली खेलकुदको नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई रोहितकुमार पौडेलकाे कप्तानीमा १५ सदस्य टोलीकाे नाम पठाएको हो । लामो समयपछि टोलीमा तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले पूनरागमन गरेका छन् ।
टि२० शैलीमा हुने प्रतियोगितामा ओडिआईका तीन नियमित खेलाडी आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने पर्न सकेनन् ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।





























प्रतिक्रिया