उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना सामाजिक सञ्जालमा नराख्न आग्रह

उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना सामाजिक सञ्जालमा नराख्न आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ  बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।  

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, “कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ । ”

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ । रजिष्ट्रार डा  अधिकारीले भने, “चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन ।”

सो नियमावली विपरित भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने उनले बताए । 

Skip This
Skip This
Logo