एसियाली जुनियर भारोत्तोलनमा सहभागी हुन नेपाली खेलाडी भारत जाँदै

एसियाली जुनियर भारोत्तोलनमा सहभागी हुन नेपाली खेलाडी भारत जाँदै

केन्द्रबिन्दु
0
Shares

एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार भारतको नयाँदिल्ली प्रस्थान गर्ने भएको छ ।

जुलाई २६ तारिखदेखि सुरु भएको प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७३ केजीमा हेमन्तपाल तथा ९६ केजीमा सञ्जय यादवले प्रतिस्पर्धा गर्ने छन् । हेमन्तले अगष्ट १ तथा सञ्जयले अगष्ट २ तारिखमा खेल्ने छन् । दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

प्रशिक्षकमा सञ्जय महर्जन तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र सचिव रामजीबहादुर श्रेष्ठ तथा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Logo