भाजपाको निमन्त्रणामा दिल्ली गएको माओवादी टोली स्वदेश फर्कियो

भाजपाको निमन्त्रणामा दिल्ली गएको माओवादी टोली स्वदेश फर्कियो

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा साता दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो।

पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रवार राति स्वदेश फर्किएको हो। भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल,स्थायी समिति सदस्य सत्य पहाडी,केन्द्रीय सदस्यहरु सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए।

साता ब्यापी नयाँ दिल्ली भ्रमणमा भुषाल नेतृत्वको टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डा,केन्द्रिय मन्त्री स्मृति इरानीलगायतसँग पार्टी मुख्यालयमा भेटवार्ता गरेको थियो । दुई पार्टी बिच भाइचार सबन्ध बिस्तार गर्नका लागि भाजपाले माओवादी केन्द्रलाई निम्तो दिएको थियो।भाजपाले विश्वभरीका राजनीतिक दलसँग सबन्ध विस्तारका लागि बिभिन्न देशका पार्टीहरुलाई निमन्त्रणा गर्दै आएको छ। 

Skip This
Skip This
Logo