आदिवासीको सुनको सिक्का लुट्ने पाँच प्रहरी निलम्बनमा

आदिवासीको सुनको सिक्का लुट्ने पाँच प्रहरी निलम्बनमा

केन्द्रबिन्दु
0
Shares

मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले २४० सुनको सिक्का लुटेको छ। यी सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ। 

सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री गर्नेलाई पक्रन गएको तर कोही पनि नभेटिएको प्रतिबेदन बनाएका थिए।यस घटनाको खुलासा भएपछि हाल फरार रहेका ५ प्रहरीलाई निलम्बन गरिएको छ।

समाचार अनुसार उत्खननका क्रममा आदिवासीहरूले सुनका सिक्का फेला पारेका थिए। जसलाई पछि आफनो घरको जमिनमा लुकाएर राखेका थिए। प्रहरीले यसबारेमा आफनो गुप्तचारवाट जानकारी लिएको थियो। 

गुप्तचरवाट जानकारी प्राप्त भए लगत्तै प्रहरी गत जुलाई १९ गते त्यहाँ पुगेर आदिबासीको घरवाट सबै सिक्का लिएर फरार भएका थिए जबकि नियमअनुसार ती सिक्का सरकारी कोषमा जम्मा गर्नुपर्ने थियो। तर, प्रहरीले सरकारी कोषमा जम्मा गरेनन्।

सरकारी कोषमा जम्मा नगरेको तथा आदिवासी समुहलाई क्षतिपुर्तिसमेत नदिएको समाचार बाहिरिए पछि ती ५ अभियुक्तलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको भारतीय मिडियाले जनाएका छन्। 

Skip This
Skip This
Logo