सरकार भ्रष्टाचारकाे विपक्ष र सुशासनको पक्षमा दृढ भइ काम गर्छः उपप्रधानमन्त्री खड्का

सरकार भ्रष्टाचारकाे विपक्ष र सुशासनको पक्षमा दृढ भइ काम गर्छः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनमा आज कांग्रेस उपसभापति समेत रहेका मन्त्री खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि बढाउने स्पष्ट पारेका हुन् । उनले भने, “सरकारले केही कामको सुरुआत गरेको छ, खासगरी भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा दृढताका साथ अघि बढ्दै सरकारले जनताले अनुभव गर्ने गरी काम गर्नेछ ।” 

विकाश निर्माणका ढिलासुस्तीदेखि पुँजीगत खर्च न्यून हुने अवस्था अन्त्यका लागि सरकारले कठोर कदम चाल्ने समेत तयारीमा रहेको उपप्रधानमन्त्री खड्काले बताए । जनताले दैनिक सेवा लिने ठाउँलाई व्यवस्थित सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनु सरकारको उच्च प्राथमिकता रहेको उनले उल्लेख गरे । 

सो अवसरमा उपप्रधानमन्त्री खड्काले गलत काम भए खुलारुपमा आलोचना गर्न र सुधारका लागि सुझाव दिन समेत आग्रह गरे ।
    
उनले यतिबेला नेपाली राजनीतिको मियो नेपाली कांग्रेस रहेको भन्दै संविधान र लोकतन्त्रका पक्षधर सबै शक्तिलाई साथमा लिएर जाने दायित्व कांग्रेसको भएको बताए । उनले सबै नेता तथा कार्यकर्तालाई सोहीअनुरुप काम गर्नुपर्ने निर्देशन समेत दिए । 

कांग्रेस रुपान्तरणका भनेर हल्लाभन्दा पनि काम गर्नुपर्ने उल्लेख गरे । “देश र जनताप्रति इमानदार भएर काम गरौँ, पारदर्शी बनौँ । बोली र गराइमा एकरुपता ल्याऔँ”,  उनले भने, “जनताको घर दैलोमा पुगौँ, जनतालाई मालिक मानेर काम गरौँ ।” पार्टीका नेता तथा कार्यकर्तालाई सधैँ साथमा लिएर हिँड्न र  हरेक काममा खटिनेहरुलाई सम्मान गरेर पार्टी रुपान्तरण गर्न सकिने उनले बताए । 

Skip This
Skip This
Logo