तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० साउन १४ गते आइतबार। २० जुलाई २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । लगानी गर्ने समय पनि छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज शुभ समाचार सुन्न पाइनेछ । मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति पनि हुने देखिन्छ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर आफन्तको सहयोग र धन हात पार्न पनि सक्छ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज अतिथिका रूपमा सम्मान पाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज स्वास्थ्यमा समस्या आउनसक्छ, स्वास्थ्य प्रति सचेत रहनु पर्छ, तर तीर्थाटनको योग छ । साँझमा शुभ र नयाँ समाचार पनि पाइनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। पारिवारिक सहयोग मिल्नेछ। कुनै कुराले अनुहारमा कान्ति पनि छाउनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ ।

Logo